Psalms 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले कष्‍टमा परेकाहरूलाई याद गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकार भुल्‍नुहुन्‍न र तिनीहरूलाई कष्‍ट दिनेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि रगतको बदला लिनुहुनेले सम्‍झना गर्नुहुन्‍छ। सङ्कष्‍टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्‍ता गर्नुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्‍टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।