Psalms 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अभावमा परेकाहरू सधैँभरि त्‍यागिनेछैनन्। दरिद्रको आशा सधैँभरि चकनाचुर हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्‍यै चकनाचूर हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।