Psalms 90:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तपाईंका दासहरूले तपाईंका सामर्थ्‍यका कामहरू देख्‍न पाऔं, हाम्रा सन्‍तानले तपाईंको गौरवपूर्ण सामर्थ्‍य देख्‍न पाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका कार्य तपाईंका सेवकहरूलाई प्रदर्शन गरिऊन्‌, र तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्, तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्!
Nepali ERV (पवित्र बाइबल)
तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन् जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।