Psalms 90:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भलले जस्‍तो हामीलाई बगाएर तपाईंले लैजानुहुन्‍छ, हाम्रो जुनी सपनाजस्‍तो छोटो छ। बिहान उम्रने झारपातजस्‍तो हामी छौं,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मानिसहरूलाई मृत्‍युको निद्रामा बगाइलानुहुन्‍छ। तिनीहरू बिहान पलाउने घाँसजस्‍तै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ— तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्:
Nepali ERV (पवित्र बाइबल)
हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ। हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ। हामी घाँस जस्तै छौ।