Psalms 91:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मलाई पुकार्दा म तिनीहरूलाई जवाफ दिनेछु; तिनीहरू कष्‍टमा पर्दा म तिनीहरूको साथ रहनेछु, म तिनीहरूलाई बचाउनेछु र आदर दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु; उसका दुःखको घडीमा म उसँग रहनेछु; म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।