Psalms 94:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना दुष्‍टताको लागि दण्‍ड दिनुहुनेछ, आफ्‍ना पापको लागि तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ। परमप्रभु हाम्रा परमेश्‍वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्‍याइदिनुहुनेछ, र तिनीहरूका दुष्‍टताको निम्‍ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्‍टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ; याहवेह हाम्रा परमेश्‍वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भयंकर कार्य गर्ने ती दुष्ट न्यायकर्त्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्त्ताहरूलाई नष्ट गर्नुहुनेछ।