Psalms 98:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई एउटा नयाँ भजन गाओ, उहाँले उदेकका कामहरू गर्नुभएको छ! आफ्नो शक्ति र पवित्र बलले उहाँले विजय पाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्ति उद्धारको काम गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; किनकि उहाँले अद्भुत कार्य गर्नुभएको छ; उहाँका दाहिने हात र पवित्र पाखुराले उहाँको निम्ति विजयका कामहरू गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।