Psalms 99:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आफ्ना प्रजालाई जवाफ दिनुभयो, तपाईंले तिनीहरूलाई तिनीहरूका पापको दण्ड दिनुभए तापनि म क्षमा दिने परमेश्वर हुँ भनी तपाईंले तिनीहरूलाई देखाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो, तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्ट कामहरूको बदला पनि दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई दण्ड दिनेको रूपमा दर्शाउनु भयो।