Revelation 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाहिने हातमा उहाँले सातवटा तारा समात्नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्तै चम्किरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।
Nepali ERV (पवित्र बाइबल)
उहाँको दाहिने हातमा सातवटा ताराहरु थिए। एउटा दुईपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।
Nepali Tamang 2011
थेला दाहिने छ्यासे गोर निस सारगदे चुङ्बा मुबा। ओच्छे थेला सुङग्याम न्हीलोनपट्टि धार मुबा छ्यार्बा तरवार थोन्बा मुबा। थेला स्य्हाल चा धिनी गुङला धिनीला स्हेर ह्रङ्बान मुबा।