Revelation 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एशियामा भएका सातै वटा मण्डलीलाई यूहन्‍नाबाट अभिवादन: परमेश्‍वर जो हुनुहुन्‍छ, हुनुहुन्‍थ्‍यो र आउनुहुनेछ र उहाँको सिंहासनअघि रहने सात आत्‍माबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाबाट, एशिया प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट;
Nepali ERV (पवित्र बाइबल)
यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरुलाई अनुग्रह अनि शान्ति रहोस् तिमीहरुलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिहाँसन अघिका सात आत्माहरुद्वारा
Nepali Tamang 2011
एशियारी मुबा गोर निस मण्‍डलीदा ङा यूहन्‍नाग्‍याम फ्‍याफुल्‍ला। दान्‍देनोन मुला, ङाच्‍छाएनोन मुबा, दोःसीनोन फेप्‍खबा परमेश्‍वरग्‍यामदेन थेला ठिला ङाच्‍छापट्टि चिबा गोर निस आत्‍माग्‍याम एनीगदेदा दयामायादेन शान्‍ति तगै।