Revelation 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासयोग्‍य साक्षी अनि मृत्‍युबाट बिउँतनेहरूमा पहिलो हुनुहुने संसारका राजाहरूका राजा, उनै येशू ख्रीष्‍टबाट पनि तिमीहरूलाई अनुग्रह र शान्‍ति। उहाँले हामीलाई प्‍यार गर्नुहुन्‍छ अनि आफ्‍नो बलिदानको रगतले हामीलाई पापबाट छुट्‍कारा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;
Nepali ERV (पवित्र बाइबल)
अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ। आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरला बारेरी जम्‍मान सत्‍य ताम उन्‍बा विश्‍वास लखम्‍बा येशू ख्रीष्‍टग्‍यामसेनोन एनीगदेदा दयामायादेन शान्‍ति तगै। थे सिबागदेग्‍याम जम्‍मान भन्‍दा ङाच्‍छा सोबादेन जम्‍बुलिङरी शासन लबा ग्‍लेगदेलाएनोन ग्‍ले हिन्‍ना। थेसे य्‍हाङदा माया लसी ह्राङला कासे पापग्‍याम फेबा मुला।