Revelation 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, उहाँ बादलमा आउँदै हुनुहुन्‍छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्‍नेछन्। संसारका सबै जातिले उहाँको निम्‍ति शोक गर्नेछन्। हो, यस्‍तै होस्। आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
हेर, येशू मेघहरुमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरुले, ती मानिसहरु जसले घोंचेका थिए तिनीहरुले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरु जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
Nepali Tamang 2011
च्‍यागो, थे खसुरी फेप्‍खबान मुला, थेदा भ्‍लोसी साइबागदेदेन जम्‍मान म्‍हिसे थेदा म्राङ्ला। ओच्‍छे जम्‍बुलिङला जम्‍मान य्‍हुलला म्‍हिगदेसे थेला लागिरी सुर्दा लला। हिन्‍ना चु तनोन तला। आमेन।