Revelation 1:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका दाजु यूहन्‍ना हुँ। अनि येशूमाथि विश्‍वास गरेकोले तिमीहरूसँग मैले पनि धीरजी भएर दु:ख सहेको छु, जुन दु:खचाहिँ उहाँको राज्‍यमा हुनेहरूमाथि आइपर्छ। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टले प्रकाश पार्नुभएको सत्‍यलाई प्रचार गरेकोले म कैदी भएर पत्‍मोस टापुमा थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यूहन्‍ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्‍ट, राज्‍य र सहनशीलतामा सहभागी छु। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर म पत्‍मोस भन्‍ने टापूमा थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यूहन्‍ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्‍टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्‍वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ।
Nepali ERV (पवित्र बाइबल)
म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।
Nepali Tamang 2011
ङा एनीगदेला ज्‍योज्‍यो यूहन्‍नाएनोन एनीगदेदेन छ्‌यामनोन मुला। य्‍हाङसे य्‍हाङला ग्‍ले येशूदा विश्‍वास लबासे लमा दुख नाबा मुला, तसैनोन थेसे य्‍हाङदा चु दुख नाबारी आँट पिन्‍बा मुला। चुलान लागिरी परमेश्‍वरसे य्‍हाङदा ङ्‌योइबा मुला। परमेश्‍वरला बचनदेन येशू ख्रीष्‍टला बारेरी थेःना लबासे लमा ङादा समुन्‍द्रला गुङरी मुबा पत्‍मोस भिबा ग्‍लारी भोर्सी थान्‍बा मुबा।