Revelation 10:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले अर्को शक्तिशाली स्वर्गदूत स्वर्गबाट ओर्लिरहेको देखें। उनको जिउलाई बादलले ढाकेको थियो र टाउको वरिपरि इन्द्रेणी थियो। उनको अनुहार घामजस्तो थियो र खुट्टाचाहिँ आगोका खम्बाजस्ता थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुहार सूर्यजस्तो र पाउहरू आगोका खामाजस्ता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए।
Nepali ERV (पवित्र बाइबल)
तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।
Nepali Tamang 2011
जमाहेन्से ङाइ स्य्हान्दो शक्तिशाली स्वर्गदूत गिक स्वर्गग्याम फाप्बान लबा म्राङ्जी। थेसे खसुला क्वान क्वान्बा मुबा, ओच्छे थेला थोबोरी लरक्युङ मुबा। थेला ली धिनी ह्रङ्बान मुबा, ओच्छे काङ चा मेला ल्हाम ह्रङ्बान मुबा।