Revelation 11:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी दुई साक्षी मारिएकोमा संसारका मानिसहरू रमाउनेछन्। उनीहरूले खुसी मनाउनेछन् र एक-अर्कालाई उपहार पठाउनेछन् किनभने यी दुई अगमवक्ताले संसारका मानिसहरूलाई धेरै सताएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीमा रहनेहरू तिनीहरूका मृत्‍युमा रमाउनेछन्, आनन्‍द मनाउनेछन्‌ र आपसमा उपहार लिने-दिने गर्नेछन्‌। किनभने ती दुई अगमवक्ताहरूले पृथ्‍वीमा रहनेहरूलाई सास्ती दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
किनभने यी दुई मरेकोमा पृथ्वीका बासिन्दाहरु खुशी हुनेछन्। तिनीहरु भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुई अगमवक्ताहरुले पृथ्वीमा बस्ने मानिसहरुमा अनेक यातना दिए।
Nepali Tamang 2011
चु न्‍हीदा साइबा म्राङ्सी जम्‍बुलिङला म्‍हिगदे ताङ्सी ह्राङ ह्राङ न्‍हङरी गिकसेम गिकदा उपहार पिन्‍बा किन्‍बा लला। तिग्‍दा भिसम चु अगमवक्ता न्‍हीसे जम्‍बुलिङला म्‍हिगदेदा ल्‍हानान दुख पिन्‍बा मुबा।