Revelation 11:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई अगमवक्ताले स्‍वर्गबाट एउटा यस्‍तो ठूलो सोर सुने, “यता उक्‍लेर आओ।” तब सबै दुश्‍मनहरूले हेर्दाहेर्दै ती दुई बादलमा उचालिएर स्‍वर्ग गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले स्‍वर्गबाट यस्‍तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्‍वर्गतिर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।
Nepali ERV (पवित्र बाइबल)
तब ती अगमवक्ताहरुले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊँ।” अनि ती दुई अगमवक्ताहरु बादलमा माथि स्वर्ग गए। तिनीहरुका शत्रुहरुले तिनीहरुलाई माथि गएको देखे।
Nepali Tamang 2011
जमाहेन्‍से थे अगमवक्ता न्‍हीसे स्‍वर्गग्‍याम “तोर खउ” भिबा घ्रेन काइ थेःजी। जमाहेन्‍से थेनीगदेला शत्रुगदेसे च्‍यान च्‍यानान थेन्‍नी खसु न्‍हङ‍ग्‍याम तबान स्‍वर्गरी निजी।