Revelation 11:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति नै खेर जोडले भूइँचालो गयो र त्‍यो ठूलो सहरको दशौँ भाग भत्‍कियो। यस भूइँचालोमा सात हजार मान्‍छे मारिए र बाँकी रहेकाहरूले असाध्‍य डराएर स्‍वर्गमा विराजमान् हुनुभएका परमेश्‍वरको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही घड़ी ठूलो भूकम्‍प गयो, र सहरको दशौँ भाग ढल्‍यो, र भूकम्‍पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्‍वर्गका परमेश्‍वरलाई महिमा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरु त्यस भूँईचालोमा मरे। मानिसहरु जो मरेनन्. तिनीहरु अत्यन्त भयभीत थिए। तिनीहरुले स्वर्गका परमेश्वरलाई महिमा गरे।
Nepali Tamang 2011
थेनोन धुइरी घ्रेन सङगुल खसी शहरला भो च्‍युइला भो गिक दिमगदे नाश लजी। थे सङगुल खमा हजार निस म्‍हिगदे सिजी। ओच्‍छे आसिबा म्‍हिगदेसे चा ल्‍हानान लोङ्सी स्‍वर्गरी धन्‍छ्‌याबा परमेश्‍वरदा मानदेन जयजयकार लजी।