Revelation 11:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि सातौँ स्वर्गदूतले आफ्ना तुरही फुके अनि स्वर्गमा ठूला-ठूला सोरले यसो भने, “पृथ्वीमाथि राज्य गर्ने अधिकार अबदेखि हाम्रा प्रभु र उहाँका ख्रीष्टकै हो र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए, “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,” “संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”
Nepali Tamang 2011
ओच्छे निसरेमला स्वर्गदूतसे ह्राङला बिगुल ह्राप्जी। थेसे ह्राङला बिगुल ह्राप्मा स्वर्गरी घ्रेन घ्रेन काइगदेरी चुह्रङ् भिसी भिबान मुबा, “दाहेन्से जम्बुलिङथोरी शासन लबा अधिकार य्हाङला परमेश्वरदेन थेसे धम्बा थार्बा पिन्बा ख्रीष्टलान हिन्ना। थेसे सदनना लागिरी शासन लला।”