Revelation 11:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे प्रभु परमेश्वर, सर्वशक्तिमान्, जो हुनुहुन्छ र हुनुहुन्थ्यो, हामी तपाईंलाई धन्यवाद चढाउँछौं किनभने तपाईंले आफ्नो ठूलो अधिकार लिनुभएको छ र आफ्नो राज्य सुरु गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भन्न लागे, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले आफ्नो ठूलो सामर्थ्य हातमा लिनुभयो र राज्य गर्न थाल्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो भने: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
ती अग्रजहरुले भने “प्रभु परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ हामी तपाईंलाई धन्यवाद चढाउँछौ। तपाईं नै एक हुनुहुन्छ जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो।
Nepali Tamang 2011
ओच्छे थेनीगदेसे चुह्रङ् भिसी भिजी, “जम्मान भन्दा घ्रेन परमप्रभु परमेश्वर, ह्राङ ङाच्छाएनोन मुबा ओच्छे दान्देनोन मुला। ह्राङदा ङन्ना ल्हानान धन्यवाद मुला। तिग्दा भिसम ह्राङसे ह्राङला घ्रेन अधिकार किन्सी शासन लबारी छ्याइबा मुला।