Revelation 11:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिहरू रिसाएका छन्, अब त तपाईंको रिसाउने बेला भयो र मरेकाहरूको न्याय गर्ने बेला आएको छ। तपाईंका सेवकहरू अर्थात् तपाईंका अगमवक्ताहरूलाई, पवित्रजनहरूलाई र तपाईंको नाउँ मान्ने साना-ठूला सबैलाई इनाम दिने र पृथ्वी बिगार्नेहरूलाई नाश पार्ने बेला भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका इन्साफको समय आयो, र तपाईंका दासहरू र अगमवक्ताहरू र सन्तहरूलाई र तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय, र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।”
Nepali ERV (पवित्र बाइबल)
संसारका राष्ट्रहरु क्रोधित थिए, तर अब तपाईंको क्रोधित हुने समय हो। अब, मृत मानिसहरुको न्याय गर्ने समय हो। अब, तपाईंका सेवकहरु अनि अगमवक्ताहरुलाई पुरस्कृत गर्ने समय हो, अनि तपाईंको पवित्र मानिसहरुलाई पुरस्कृत गर्ने समय हो, ती ठूला अनि साना मानिसहरु जो तपाईंलाई सम्मान गर्छन्। यो ती मानिसहरुलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”
Nepali Tamang 2011
य्हुल य्हुलला म्हिगदेदा ल्हानान बोमो खबा मुबा, तर दाहेन्से ह्राङदाएनोन बोमो खबा धुइ तबा मुला। दाहेन्से सिबागदेला निसाफ लबा धुइएनोन तबा मुला, ओच्छे ह्राङसे ह्राङला गे लबा अगमवक्तागदेदेन ह्राङला म्हिगदे, ओच्छे ह्राङदा मान लबा जजा घ्रेन जम्मान म्हिगदेदा इनाम पिन्बा धुइएनोन तबा मुला, ओच्छे जम्बुलिङ नाश लबागदेदा नाश लबा धुइएनोन तबा मुला।”