Revelation 11:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब स्‍वर्गमा भएको परमेश्‍वरको पवित्र मन्‍दिर खोलियो र यहाँ वाचाको सन्‍दुक देखियो। त्‍यसपछि बिजुली चम्‍क्‍यो। डरलाग्‍दा आवाजहरू र गड्याङ्-गुडुङ सुनियो, भूइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो, र उहाँको मन्‍दिरभित्र उहाँका करारको सन्‍दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्‍प गए र ठूला-ठूला असिना परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
Nepali Tamang 2011
जमाहेन्‍से स्‍वर्गरी मुबा परमेश्‍वरला मन्‍दिर ठोङ्‌जी। ओच्‍छे परमेश्‍वरसे लबा कबुल थान्‍बा सन्‍दोस म्राङ्जी। जमाहेन्‍से तिप्‍लीङ खसी गडङगुडुङ भिसी मु ठेङ्‌बा थेःजी। ओच्‍छे सङगुल निसी घ्रेन घ्रेन सेर्बा ताइजी।