Revelation 11:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिर बाहिरको आँगनचाहिँ ननाप किनभने त्‍योचाहिँ अरू जातिहरूलाई दिइएको छ र उनीहरूले बयालीस महिनासम्‍म परमेश्‍वरको सहरलाई कुल्‍ची-मिल्‍ची गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मन्‍दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्‍योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्‍म पवित्र सहरलाई तिनीहरूले कुल्‍चीमिल्‍ची गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहुदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।
Nepali Tamang 2011
तर परमेश्‍वरला मन्‍दिरला ख्राङगा चा थादप्‍गो। तिग्‍दा भिसम थे ग्‍ला चा अर्गु य्‍हुलला म्‍हिगदेदा पिन्‍बा मुला। थेनीगदेसे बोगल न्‍हीसे ला न्‍हीधोना परमेश्‍वरला शहररी रजाइँ लला।