Revelation 11:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले उनीहरूलाई नाश गर्न खोजे उनीहरूका मुखबाट आगो निस्‍की ती शत्रुलाई नाश गर्नेछ। त्‍यसरी उनीहरूलाई हानि गर्न खोज्‍ने सबै मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने, तिनीहरूका मुखबाट निस्‍केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्‍छा गर्‍यो भने त्‍यो त्‍यही किसिमले मारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्‍टा गर्नेहरू मर्नुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले ती साक्षीहरुलाई घात गर्ने प्रयास गरे ती साक्षीहरुका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरुलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ।
Nepali Tamang 2011
चुदे खालै शत्रुसे थेनीगदेदा न्‍होङ्ना लबारी म्‍हाइजी भिसम थेनीगदेला सुङग्‍याम थोन्‍बा मेसे थेनीगदेला शत्रुदा नाश लला। थेतबासेलमा चुदे खालै म्‍हिसे थेनीगदेदा न्‍होङ्ना लबारी म्‍हाइजी भिसम थेनीगदेदाएनोन थेह्रङ् लसीन साइला।