Revelation 11:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको वचन उनीहरूले सुनाउञ्‍जेल पानी नपरोस् भनेर आकाश बन्‍द गर्ने उनीहरूको हक र पानीका मूलहरूलाई रगत बनाउन अनि पृथ्‍वीमा उनीहरूले चाहेअनुसार किसिम-किसिमको माहामारी ल्‍याउने अधिकार पनि उनीहरूलाई छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस्‌ भनी आकाश बन्‍द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्‍याउने र तिनीहरूलाई इच्‍छा लागेको बेलामा पृथ्‍वीमा हरकिसिमका विपत्ति ल्‍याउने तिनीहरूसित शक्ति छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्‍ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यी साक्षीहरुसित, तिनीहरुले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरुसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरुसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरुले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।
Nepali Tamang 2011
थेनीगदेसे परमेश्‍वरसे उन्‍बा ताम पाङ्बा धुइधोना नाम थाखगै भिसी मु ढुङ्‌बादेन क्‍युइदा काधोना लबा शक्ति थेनीगदेदेन छ्‌याम मुला। ओच्‍छे थेनीगदेसे म्‍हन्‍बा धुइरी जम्‍बुलिङरी थरी थरीला आपत विपत तना लबा शक्तिएनोन थेनीगदेदेन छ्‌याम मुला।