Revelation 11:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका लाशलाई उनीहरूका प्रभुलाई क्रूसमा टाँगेर मारिएको त्यो ठूलो सहरको बाटोमा त्यसै छोडिएको हुनेछ, जुन सहरलाई उदाहरणको रूपमा ‘सदोम’ वा ‘मिश्रदेश’ भनिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका लाशहरू त्यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
ती दुई साक्षीहरुको शरीर महान् नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्त्रदेश हो। नगरका यी नाउँहरुमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो।
Nepali Tamang 2011
थेनीगदेला लास थेनीगदेला प्रभुदा क्रुसरी टाँगब लसी साइबा ग्लाला घ्रेन शहरला ग्यामरीन थान्ना। थे शहर चा सदोमदेन मिश्र य्हुल्सा ह्रङ्बान हिन्ना।