Revelation 12:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले स्वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्वरले उद्धार गर्नुहुन्छ र उहाँले आफ्नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्वरको अगाडि दोष लगाउने शैतान स्वर्गबाट फालिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रो परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरुलाई दोषलगाउने पयाँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो।
Nepali Tamang 2011
जमाहेन्से ङाइ स्वर्गरी घ्रेन काइसे चुह्रङ् भिबा थेःजी, “दाहेन्से य्हाङला परमेश्वरग्याम य्हाङसे याङ्बा थार्बादेन शक्ति ओच्छे परमेश्वरला य्हुल्सादेन थेसे धम्बा थार्बा पिन्बा ख्रीष्टला अधिकार उन्बा मुला। तिग्दा भिसम य्हाङला ज्योज्यो आले नाना आङागदेदा धिन म्हुननोन परमेश्वरला ङाच्छापट्टि दोष उन्बा शैतानदा स्वर्गग्याम भ्याङ्बा मुला।