Revelation 12:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थुमाको रगतले, उनीहरूले घोषणा गरेका सत्‍य वचनले र ज्‍यानसम्‍म दिन उनीहरू तयार भएका हुनाले हाम्रा भाइहरूले त्‍यसलाई जितेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा भाइहरुले तिनलाई भेंडाको पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरु मृत्युसित डराएका थिएनन्।
Nepali Tamang 2011
थार्बा पिन्‍बा ग्‍यु बोगोला कादेन थेनीगदेसे पाङ्बा सत्‍य बचन तबासे लमा थेनीगदेसे थेदा ढाबा मुला। ओच्‍छे ह्राङला ज्‍याननोन पिन्‍बारी थेनीगदे तयार तबा मुबा।