Revelation 12:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब पृथ्वीमा फ्याँकिएको छु भन्ने थाहा पाएर अजिङ्गरले त्यो छोरा पाउने आमालाई खेद्न थाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई खेद्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई।
Nepali Tamang 2011
थे अजिङ्गरसे ह्राङदा जम्बुलिङरी भ्याङ्जी भिबा ताम था याङ्सी थे झा न्हबा म्रिङम्हेमेदा ताप्बारी छ्याइजी।