Revelation 12:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अजिङ्गर स्त्रीसँग झन् रिसायो र त्यो तिनका सन्तान, परमेश्वरका आज्ञा मान्नेहरू र येशूका शिक्षामाथि विश्वास गर्नेहरूसित लडाइँ गर्न गयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्वरका आज्ञाहरू पालन गर्छन्, र येशूको साक्षी दिन्छन्; तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरुको विरुद्ध लडाईं गर्न हिँडयो। त्यस स्त्रीका बालकहरु तिनीहरु थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरुसित थियो।
Nepali Tamang 2011
जमाहेन्से थे अजिङ्गर थे म्रिङम्हेमेदेन छ्याम झन ल्हानान बोमो खजी। ओच्छे परमेश्वरसे कुल्बा ताम ङ्यान्बादेन येशूसे लोप्बा तामथोरी विश्वास लबा थे म्रिङम्हेमेला अर्गु सन्तानगदेदेन छ्याम लडाइ लबारी भ्रजी।