Revelation 12:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि आकाशमा अर्को एउटा अचम्मको चिन्ह देखा पर्यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्यसका सात टाउकामा सातवटा मुकुट थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गमा अर्को चिन्ह देखा पर्यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरु थियो।
Nepali Tamang 2011
ओच्छे ङाइ दोःसी स्वर्गरी उदेकला चिनु गिक म्राङ्जी। च्यागो, गोर निस थोबोदेन गोर च्युइ रु मुबा वाला घ्रेन अजिङ्गर गिक म्राङ्जी। थेसे गोर निस मुकुट कूबा मुबा।