Revelation 12:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको पुच्छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्याएर पृथ्वीमा फ्याँकिदियो अनि जन्म हुन आँटेको बालकलाई जन्मनेबित्तिकै खान सुत्केरी हुन लागेकी स्त्रीको अगाडि त्यो अजिङ्गर उभियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको पुच्छरले स्वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरुको एक तिहाइ अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खडा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।
Nepali Tamang 2011
थे अजिङ्गरला मेःसे मुला सारगदे भो सोम न्हङरी भो गिक सारदा पोप लसी जम्बुलिङरी भ्याङ्जी। ओच्छे कोला न्हमैछ्याम चतोःला भिसी थे अजिङ्गर कोला न्हबारी छ्याइबा थे म्रिङम्हेमेला ङामरी राप्सी चिजी।