Revelation 12:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै राज्यहरूलाई शक्तिसँग शासन गर्ने एउटा छोरो ती स्त्रीले जन्माइन्। तर तिनका छोरालाई उठाएर परमेश्वरकहाँ र उहाँकै सिंहासनमा लगियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छढीद्वारा सम्पूर्ण राष्ट्रहरुमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो।
Nepali Tamang 2011
थे म्रिङम्हेमेसे जम्बुलिङला जम्मान य्हुलला म्हिगदेदा फाइला कडीसे शासन लबा झा गिक न्हजी। थे कोलादा परमेश्वर मुबा ग्लारी थीसी भोर्सी परमेश्वरला ठिरी थान्जी।