Revelation 12:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि आमाचाहिँ जङ्गलतिर भागिन्, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म तिनलाई पाल्‍न परमेश्‍वरले ठाउँ तयार गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो स्‍त्रीचाहिँ उजाड-स्‍थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म त्‍यसको पालनपोषण होस्‌ भनेर परमेश्‍वरले त्‍यसको लागि ठाउँ तयार राख्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्त्री परमेश्‍वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।
Nepali Tamang 2011
जमाहेन्‍से थे म्रिङम्‍हेमे तोङतोङबा ग्‍लारी यार्जी। थेला लागिरी हजार गिकसे ग्‍यार्जा न्‍हीसे बोगल सोम धिनधोनाला लागिरी चबा थुङ्बा लगै भिसी परमेश्‍वरसे थेदा ग्‍ला गिक ठीक लसी थान्‍बा मुबा।