Revelation 12:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्यो अजिङ्गर, जो सुरुको सर्प हो, जसको नाम दुष्टात्मा वा शैतान पनि हो, जसले सारा संसारलाई भर्माएर राखेको थियो, त्यसैलाई यसका दूतहरूसित स्वर्गबाट पृथ्वीमा फ्याँकिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।
Nepali Tamang 2011
थे अजिङ्गर चा दङबोला पुख्री हिन्ना। थेला मिन शैतान हिन्ना, थेदा म्हङला ग्लेएनोन भिमुला। थेसे जम्बुलिङला जम्मान म्हिगदेदा न्होङ्ना लबा मुबा। थेदेन थेला दूतगदेदान स्वर्गग्याम जम्बुलिङरी भ्याङ्जी।