Revelation 13:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि समुद्रबाट निस्की आउँदैगरेको एउटा जनावर मैले देखें। त्यसका दश सिङ र सातवटा टाउका थिए र प्रत्येक सिङमा एउटा मुकुट थियो र त्यसको प्रत्येक टाउकोमा परमेश्वरलाई अपमान गर्ने एउटा नाउँ थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले एउटा पशुलाई समुद्रबाट निस्कँदैगरेको देखेँ। त्यसका दश वटा सिङहरू र सात वटा शिरहरू थिए, र त्यसका सिङहरूमा दश वटा मुकुटहरू थिए; अनि प्रत्येक शिरमाथि एउटा ईश्वरनिन्दाको नाम लेखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।
Nepali Tamang 2011
जमाहेन्से ङाइ लोङ्बा खबा जन्तु गिक समुन्द्रग्याम थोन्सी खबा म्राङ्जी। थे जन्तुला गोर च्युइ रुदेन गोर निस थोबो मुबा, ओच्छे थेला जम्मान रुरी गोर गिक गिक मुकुट मुबा। थेह्रङ् लसीन थेला जम्मान थोबोरी परमेश्वरदा बिरोध लबा आज्यबा मिन भ्रिबा मुबा।