Revelation 13:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही मानिस कैदको लागि छ भने त्यसलाई कैद गरिनेछ र कुनै मानिस तरवारले मारिनुछ भने त्यो अवश्य तरवारले नै मारिनेछ। यसको निम्ति परमेश्वरका भक्तहरूमा सहने शक्ति र विश्वास हुनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कोही कैदका लागि छ भने, त्यो कैदमा जानेछ। यदि कसैलाई तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ।” परमेश्वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्वासयोग्यता यसैमा हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नैं छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ। यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरुसंग धैर्य र विश्वास हुनुपर्छ।
Nepali Tamang 2011
खालै म्हिदा झ्याल्खानरी झाङ्तोःबा मुसम थेदा झ्याल्खानरी झाङ्नोन झाङ्ला। ओच्छे खालै म्हि तरवारग्याम सितोःबा मुसम थे तरवारग्यामसेन सिला। थेतबासेलमा परमेश्वरला म्हिगदेदेन छ्याम गाते नाखम्बा शक्तिदेन विश्वास ततोःला भिबा ताम चुग्यामसेन था तला।