Revelation 13:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले पृथ्वीबाट निस्किआएको अर्को एउटा जनावर देखें। थुमाका जस्ता त्यसका दुईटा सिङ थिए र त्यसको बोली अजिङ्गरको जस्तो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले पृथ्वीबाट माथि निस्कँदैगरेको अर्को पशु देखेँ। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले जस्तो बोल्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडाको पाठाको जस्तो दुईवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो।
Nepali Tamang 2011
ओच्छे ङाइ जम्बुलिङग्याम थोन्सी खबा अर्गु लोङ्बा खबा जन्तु गिकएनोन म्राङ्जी। थे लोङ्बा खबा जन्तुला ग्युला ह्रङ्बान रु न्ही मुबा। तर थेसे अजिङ्गरसे ह्रङ् लसी ताम पाङ्मुबा।