Revelation 13:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले त्‍यो पहिलो जनावरपट्टिबाट त्‍यसको ठूलो अधिकार चलायो र त्‍यो घाउ निको भएको पहिलो जनावरलाई मान-आदर गर्न संसारका सबै मानिसलाई कर लगायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो; अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो।
Nepali ERV (पवित्र बाइबल)
यो पशु पहिलेको पशु अघि उभिन्छ । अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरुलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो।
Nepali Tamang 2011
चु लोङ्‌बा खबा जन्‍तुसे समुन्‍द्रग्‍याम थोन्‍बा थे ङाच्‍छाला लोङ्‌बा खबा जन्‍तुला लागिरी ह्राङला अधिकारग्‍याम जम्‍बुलिङला जम्‍मान म्‍हिगदेदा थे घ्रेन पोर म्‍हाबा ङाच्‍छाला लोङ्‌बा खबा जन्‍तुदा तेन्‍पुङ्‌जी।