Revelation 13:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो पहिलो जनावरको अगाडि यस्ता अचम्मका चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो। यसैले गर्दा संसारका सबै मानिसहरूलाई त्यसले भर्मायो। तरवारले घायल भएर पनि बाँचेको त्यो जनावरलाई मान्न सबैले त्यसको मूर्ति बनाउनू भनेर त्यो दोस्रो जनावरले हुकुम गर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउनलाई हुकुम दियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरुलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरु पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरुलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन।
Nepali Tamang 2011
थेसे थे समुन्द्रग्याम थोन्बा लोङ्बा खबा जन्तुला लागिरी उदेकला चिनुगदेग्याम जम्बुलिङला जम्मान म्हिगदेदा फसब लजी। ओच्छे तरवारसे थासी घ्रेन पोर तसीनोन सोबा थे लोङ्बा खबा जन्तुदा मान लबाला लागिरी थेला मूर्ति गिक स्होउ भिसी जम्बुलिङग्याम थोन्बा थे लोङ्बा खबा जन्तुसे जम्मान म्हिगदेदा कुल्जी।