Revelation 13:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसमा बुद्धि चाहिन्‍छ, जसको सम्‍झने शक्ति छ, त्‍यसले त्‍यो जनावरको सङ्‍ख्‍या बुझोस् किनभने त्‍यो सङ्‍ख्‍याले एउटा मान्‍छेको नाउँ बुझाउँछ र त्‍यसको सङ्‍ख्‍याचाहिँ ६६६ हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।
Nepali ERV (पवित्र बाइबल)
कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।
Nepali Tamang 2011
चु ताम घोबाला लागिरी ज्ञान बुद्धि तोःला, जुन म्‍हिदेन घोखम्‍बा शक्ति मुला थेसे थे समुन्‍द्रग्‍याम थोन्‍बा जन्‍तुला अङ्कला अर्थ घोखम्‍गै। तिग्‍दा भिसम थे अङ्क म्‍हि गिकला मिनग्‍याम थान्‍बा हिन्‍ना। थे अङ्क चा ६६६ हिन्‍ना।