Revelation 13:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्‍यो अजिङ्गरले आफ्‍नो अधिकार जनावरलाई दिएको हुनाले सबै अजिङ्गरलाई मान-आदर गर्थे र यसो भन्‍दै त्‍यो जनावरको पनि जयजयकार गर्थे, “त्‍यो जनावरजस्‍तो अरू को छ र? त्‍यससित लडाइँ गर्न सक्‍ने को छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे; किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, र तिनीहरूले त्यस पशुलाई पनि आराधना गरेर यसो भनी सोधे, “यो पशुजस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरुले त्यस पशुको पनि उपासना गरे। तिनीहरुले सोधे, “त्यो पशु जस्तो शक्तिशाली को छ?” को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”
Nepali Tamang 2011
थे अजिङ्‍गरसे ह्राङला अधिकार थे लोङ्‌बा खबा जन्‍तुदा पिन्‍बा म्राङ्सी म्‍हिगदेसे थे अजिङ्‍गरदा तेन्‍जी। ओच्‍छे म्‍हिगदेसे “चु जन्‍तु ह्रङ्‌बा अर्गु खाल मुला? चुदेन छ्‌याम खाल छेबारी खम्‍ला?” भिबान थे जन्‍तुदाएनोन तेन्‍जी।