Revelation 14:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनीहरूलाई पिरोल्‍ने आगोको धुवाँ सधैँ उँभोतिर उडेर जानेछ। जतिले त्‍यो जनावर र त्‍यसको मूर्तिलाई मान-आदर गर्छन् र त्‍यसको टीका लाउँछन्, दिन-रात आफ्‍नो सजायबाट विश्राम पाउनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्‍तिर गइरहनेछ। तिनीहरू यी नै हुन्‌ जसले त्‍यो पशु र त्‍यसको मूर्तिलाई पूजा गर्छन्, र त्‍यसका नाउँको छाप लिन्‍छन्‌। तिनीहरूले दिनरात कहिल्‍यै पनि आराम पाउनेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरुको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरु जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरुको निम्ति दिन रात आराम रहने छैन।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेदा सजाय पिन्‍बा मेला म्‍युगु सदन तोरपट्टि निला। जुन जुन म्‍हिसे थे समुन्‍द्रग्‍याम थोन्‍बा जन्‍तुदेन थेला मूर्तिदा तेन्‍सी थेला मिन मुबा चिनु थान्‍ना थेनीगदेसे धिन म्‍हुननोन सजाय नातोःला।”