Revelation 14:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि स्वर्गबाट यसो भनिरहेको एउटा सोर मैले सुनें, “यो कुरा लेख: अबदेखि जतिले विश्वास गरी प्रभुको सेवामा मर्छन्, उनीहरू धन्यका हुन्।” पवित्र आत्माले यसो भनेर जवाफ दिनुभयो। “साँच्चै हो! किनभने अबदेखि उनीहरूले आफ्ना दु:ख र परिश्रमबाट आराम पाउनेछन् र उनीहरूका काम उनीहरूका साथ लाग्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरु धन्य हुन्।” आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरु तिनीहरुका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरुले गरेका कुराहरु तिनीहरुसितै रहनेछन्।”
Nepali Tamang 2011
ओच्छे ङाइ स्वर्गग्याम चुह्रङ् भिबा काइ थेःजी, “चु भ्रिसी थान्गो, दाहेन्से प्रभुदा विश्वास लसी सिबागदे परमेश्वरग्याम मोलम याङ्बागदे हिन्ना।” परमेश्वरला आत्मासे चुह्रङ् भिसी सुङ्बा मुला, “हिन्ना, थेनीगदे ह्राङ ह्राङसे लबा गेदेन दुखग्याम फेबा मुला ओच्छे थेनीगदेसे लबा गे अन्छारला इनाम याङ्ला।