Revelation 14:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को एक स्वर्गदूतले परमेश्वरको मन्दिरबाट निस्केर बादलमा बस्नुहुनेलाई यसो भनेर ठूलो सोरले कराए, “हँसिया लगाएर बाली काट्नुहोस् किनभने बेला भइसक्यो। पृथ्वीको बाली पाकिसकेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मन्दिरबाट अर्का स्वर्गदूत आए, र बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, र पृथ्वीको बाली पाकिसकेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काटने समय आयो। पृथ्वीको फल पाक्यो।”
Nepali Tamang 2011
जमाहेन्से परमेश्वरला मन्दिर न्हङग्याम स्य्हान्दो स्वर्गदूत गिक खसी खसुरी धन्छ्याबादा घ्रेन काइसे चुह्रङ् भिसी भिजी, “ह्राङला हङसुसे बाली खन्गो। तिग्दा भिसम जम्बुलिङला जम्मान बाली खन्बा धुइ तसी जिन्बा मुला।”