Revelation 14:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि आगोमाथि अधिकार हुने अर्को एक स्‍वर्गदूत वेदीबाट आए। उनले हँसिया समाउने स्‍वर्गदूतलाई ठूलो सोरले यसो भन्‍दै कराए, “हँसिया चलाऊ र पृथ्‍वीको दाखबारीका दाखहरू काट किनकि तिनीहरू पाकिसकेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब वेदीबाट अर्को स्‍वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्‍वीका अंगूरका झुप्‍पाहरू जम्‍मा गर, किनकि पृथ्‍वीका अंगूर पूरै पाकिसकेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आगोको जिम्मेवारी पाएका अर्का स्वर्गदूत वेदीबाट आए, र धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्‌गुरका झुप्पाहरू बटुल; किनकि अङ्‌गुर पाकिसकेको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरु पाकेका छन्।”
Nepali Tamang 2011
जमाहेन्‍से मेथोरी अधिकार मुबा स्‍य्‍हान्‍दो स्‍वर्गदूत गिक धूप म्राबा ग्‍लाग्‍याम थोन्‍जी। ओच्‍छे हङसु थोबा स्‍वर्गदूतला छ्‌यार्बा हङसुसे जम्‍बुलिङला अङगुर थुउ, तिग्‍दा भिसम जम्‍बुलिङला अङगुर मिन्‍सी जिन्‍बा मुला” भिसी घ्रेन काइसे पाङ्जी।