Revelation 14:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती एक लाख चवालीस हजार मानिसचाहिँ मूल सिंहासनको अगाडि र ती चार जीवित प्राणीहरू र धर्म-गुरुहरू अगाडि उभिएर एउटा नयाँ गीत गाइरहेका थिए। यो गीतचाहिँ उनीहरूले मात्र सिक्न पाएका थिए किनभने संसारबाट उनीहरूको मात्र उद्धार भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।
Nepali Tamang 2011
थे लाख गिकसे बोगल न्हीसे हजार ब्लि म्हिगदे चा मुल ठिदेन गोर ब्लि छोन्बो जन्तु ओच्छे गन्बागदेला ङाच्छापट्टि राप्सी छार व्हाइ गिक गोजी। चु व्हाइ चा थेनीगदेसे जे था याङ्बारी खम्मुबा। तिग्दा भिसम थेनीगदेदा जे सय फासी जम्बुलिङग्याम तेःबा मुबा।