Revelation 14:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरू कन्ये केटीहरूजस्ता चोखो छन्, जसले व्यभिचारी काम गरेका छैनन्। उनीहरूले थुमालाई मात्र पछ्याएका छन्। उनीहरू संसारका मानिसहरूबाट बचाइएका हुन् र परमेश्वर र थुमाको लागि सबैभन्दा पहिला चढाइएका भेटी हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्वर र थुमालाई पहिलो फलझैँ चढाइए।
Nepali ERV (पवित्र बाइबल)
यी एक लाख चवालीस हजार मानिसहरु जसले स्त्रीहरुसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरुले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरुबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरु नै पहिलो मानिसहरु थिए।
Nepali Tamang 2011
थेनीगदे खालै म्रिङकोलागदेदेन छ्याम आब्रेल्बा कन्याकेटा दोसी चिबा मुबा। थेनीगदे थार्बा पिन्बा ग्यु बोगोसे कुल्बा अन्छार भ्रमुबा। जम्बुलिङला म्हिगदे न्हङग्याम थेनीगदेदा जे सय फासी तेःबा मुबा ओच्छे परमेश्वरदेन थार्बा पिन्बा ग्यु बोगोला लागिरी जम्मान भन्दा ङाच्छा फुल्बा भेटी थेनीगदेन मुबा।