Revelation 14:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले ठूलो सोरले भने, “परमेश्‍वरको डर मान र उहाँको प्रशंसा गर किनभने उहाँले मानिस जातिको न्‍याय गर्ने बेला आइसकेको छ। आकाश, पृथ्‍वी, समुद्र र सब पानीका मूलहरू बनाउनुहुने परमेश्‍वरलाई मान-आदर देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले चर्को सोरमा भने, “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्‍साफको घड़ी आएको छ। स्‍वर्ग, पृथ्‍वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्‍डवत्‌ गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले चर्को सोरले भने, “परमेश्‍वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरुको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
Nepali Tamang 2011
थेसे घ्रेन काइग्‍याम चुह्रङ् भिसी भिजी, “परमेश्‍वर म्राङ्सी लोङ्‍गो, ओच्‍छे थेदा मानदेन जयजयकार लउ। तिग्‍दा भिसम परमेश्‍वरसे जम्‍मान म्‍हि य्‍हुलला निसाफ लबा धुइ तसी जिन्‍बा मुला। थेतबासेलमा स्‍वर्गदेन जम्‍बुलिङ ओच्‍छे समुन्‍द्रदेन क्‍युइला मुलगदे स्‍होबा परमेश्‍वरदा तेन्‍गो।”