Revelation 15:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट मैले आकाशमा अर्को एउटा ठूलो र अचम्‍मको चिन्‍ह देखें। सात स्‍वर्गदूतहरू प्रत्‍येकले एक-एक वटा विपत्ति बोकेका थिए। तीचाहिँ परमेश्‍वरको क्रोधका सातवटा आखिरी विपत्ति हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले स्‍वर्गमा ठूलो र अचम्‍मको अर्को एउटा चिन्‍ह देखें: सात स्‍वर्गदूतहरूले सात वटा अन्‍तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्‍वरको क्रोध समाप्‍त भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरु थिए। ती अन्तिम विपत्तीहरु थिए। किनभने यी विपत्तीहरु पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।
Nepali Tamang 2011
ङाइ स्‍वर्गरी उदेकला घ्रेन अर्गु चिनु गिक म्राङ्जी। थेरी आपत विपत गिक गिक थोसी चिबा गोर निस स्‍वर्गदूतगदे मुबा। चु चा जम्‍मान भन्‍दा लिच्‍छाला आपत विपत मुबा। तिग्‍दा भिसम परमेश्‍वरसे पिन्‍बा जम्‍मान भन्‍दा लिच्‍छाला सजाय चुनोन मुबा।