Revelation 15:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले आगो र ऐना मिसिएको समुद्रजस्तो देखें। त्यो जनावर, त्यसको मूर्ति र त्यसको नाउँको सङ्ख्यामाथि विजय प्राप्त गर्ने सबैलाई मैले देखें। परमेश्वरले उनीहरूलाई दिनुभएका वीणाहरू हातमा समाएर उनीहरू त्यो ऐनाको समुद्रको छेउमा उभिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोसँग मिसिएका काँचको समुद्रजस्तो मैले देखें। त्यहाँ पशु र त्यसको मूर्तिमाथि र त्यसका नाउँको संख्यामाथि विजय पाउनेहरू आफ्ना हातमा परमेश्वरको वीणा लिई त्यस काँचका समुद्रको किनारमा खड़ा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्वरले दिनुभएका वीणाहरू लिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरु जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरुमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरुसित वीणा थियो जो परमेश्वरले दिएका थिए।
Nepali Tamang 2011
ङाइ ङाला ङाच्छापट्टि मेदेन सिसा दोङ्बा समुन्द्र ह्रङ्बान स्हे म्राङ्जी। ओच्छे समुन्द्रग्याम थोन्बा जन्तुदेन थेला मूर्ति ओच्छे थेला मिनग्याम थान्बा अङ्कथोरी ढाबागदे जम्मादान म्राङ्जी। थेनीगदे ह्राङ ह्राङला यारी परमेश्वरसे पिन्बा वीणा थोसी थे समुन्द्रला कुनीरी राप्सी चिबा मुबा।